| आइतवार, असार २८, २०७७

गोरखा दरबार जाने बाटोमा वृक्षारोपण

पँदेलथोक टोल विकास सँस्थाले गोरखा दरबार जाने मोटरबाटोमा वृक्षारोपण गरेको छ ।

बुधबार बिहान बिभिन्न प्रजातिका एकसय ५० थान विरुवा रोपिएको सो संस्थाका प्रकाशचन्द्र श्रेष्ठले जानकारी दिए ।

दमौलीबाट ल्याइएकाल गुलमोहर लगायतका उन्नत तथा स्थानीय जातका विरुवा रोपिएको उनले बताए ।

विरुवा जोगाउनका लागि गोरखा नगरपालिकाले ४५ थान तारजाली उपलब्ध गराएको र अन्य विरुवाका लागि स्थानीय उपकरण प्रयोग गरी बारबेर गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्