| आइतवार, असार २८, २०७७

कोरोनाबाट परेको समस्या बुझ्न कांग्रेस गोरखाको टोली पालुङटार पुगे

नेपाली कांग्रेस गोरखाले सबै स्थानीय तहमा पुगेर कोरोनापछिको अवस्था अध्ययन गर्ने अभियानको क्रममा मंगलवार पालुङटार नगरपालिकामा अन्तिक्रया गरेको छ । वडा नम्बर ७ च्याङ्ली, ८ धुवाँकोट र ९ र १० को सेरामा पुगेर कांग्रेस जिल्ला स्तरका नेताहरुले स्थानीय सँग कोरोनाको असर, समस्या के छ ? कसरी सुरक्षाका उपाए अपनाएका छन भन्ने बारे सोधपुछ गरेका थिए । गाउँको अवस्था, स्थानीयको समस्याका बारेमा कोरोना संम्बन्धि कांग्रेस केन्द्रिय समितिले निर्माण गरेको उच्च स्तरीय समितिलाई जानकारी गराउने र सरकारको ध्यानाकर्षण गराउने योजना रहेको कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेले बताए । अभियान कार्यक्रममा जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, क्षेत्रिय सभापति गोबिन्द गुरुङ, गोरखा नगर सभापति चन्दनबाबु खत्री, पालुङटार नगर सभापति दिपकबाबु कंडेल लगायत सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्