
प्रशारण अवरुद्ध भएको दुईदिनपछि रेडियो गोरखा सुचारु
चट्याङले उपकरणमा क्षति पुगेपछि अबरुद्ध भएको रेडियो गोरखा दुई दिनपछि पुन सञ्चालनमा आएको छ ।
गत बिहिबार परेको चट्याङले रेडियोको ट्रान्समिटर, यूपीएस, व्याट्री मिक्स्चर, हाइब्रिड, कम्प्यूटरमा क्षति पुगेपछि सेवा अबरुद्ध भएको थियो ।
केही उपकरण मर्मत र केही उपकरण सापटी लिएर शनिबार बिहानदेखि प्रशारणमा ल्याइएको स्टेशन मेनेजर किशोरजंग थापाले जानकारी दिए ।




