| शनिबार, कार्तिक २८, २०८३

बूढीगण्डकी प्रभावितको आन्दोलन स्थगित

बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आन्दोलनको कार्यक्रममा तत्कालका लागि स्थगित भएको जनाएको छ । सरोकार समितिका संयोजक हरेराम ढकालले एक बिज्ञप्ती जारी गर्दै प्रभावित बिस्थापितको माग पुरा गराउन दिएको समय सकिँदा कोरोना त्रासले आन्दोलन गर्न नसकिएको बताए ।

गत फागुन २१ गते गोरखा र धादीङ जिल्ला प्रशासन, बूढीगण्डकी आयोजनाको कार्यालयलाई दिइएको १५ दिने अल्टिमेट लगत्तै समितिले माग पुरा गराउन दोस्रो चरणको दबावमुलक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

सरकारले २५ जना भन्दा धेरै भेला नहुनु, अत्यावस्यक काम बाहेक घर बाहिर ननिस्कनु भनेकाले तत्कालका लागि कार्यक्रम नगर्ने निर्णय भएको सरोकार समितिका संयोजक ढकालले जानकारी दिए । अहिले कारोना भाईरसको संक्रमणबाट सचेत रहन आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्