| शनिबार, कार्तिक २८, २०८३

च्याम्बर अफ कमर्शले छेपेटारमा हाटबजार सञ्चालन गर्ने

गोरखा च्याम्बर अफ कमर्श, छेपेटार बजार इकाइले छेपेटारमा हाटबजार सञ्चालन गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न हाटबजार सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा हाटबजार सञ्चालन गर्ने निर्णय गरिएको इकाइका अध्यक्ष कमल श्रेष्ठले जानकारी दिए । तर हाट बजार सञ्चालन गर्ने ठाउँ र कहिलेदेखि सञ्चालन गर्ने भन्ने बारे भने निश्चित नभएको उनले बताए ।

छलफल कार्यक्रममा गोरखा नगरपालिका वडा नं. १० का अध्यक्ष देवीबहादुर बस्नेत, ११ का अध्यक्ष रामबहादुर खड्का, पालुङ्टार नगरपालिका १० का अध्यक्ष ऋषिराम धौराली, पानपा ९ का वडा सदस्य रामबहादुर लामालगायतले आ(आफ्ना धारणा राखेका थिए । त्यस्तै गोरखा गोरखा च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, नेकपाका वडा कमिटी संयोजक हरिबहादुर खत्री, नेपाली काङ्ग्रेसका वडा कार्यसमिति सभापति हिराकाजी श्रेष्ठ र छेपेटारका पाँचवटा टोल विकास संस्थाका अध्यक्षहरुले आ–आफ्ना धारणा राखेका थिए ।

छेपेटार आसपास धेरै तरकारी तथा फलफूल उत्पादन हुने तर बजार अभावका कारण धेरै टाढा बिक्रीका लागि लानु पर्ने अथवा फाल्नु पर्ने अबस्था भएकाले हाटबजार सञ्चालन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।

छेपेटार केन्द्र बनाएर सञ्चालन गरिने हाटबजारमा छेपेटार, गोरखा बजार, बारकिलो, तेरकिलो, एघारकिलो बजार, सातदोबाटे, लामगरालगायतका क्षेत्रबाट बिक्रेता तथा उपभोक्ता सहभागी हुने विश्वास लिइएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्