
लगातार हिउँ परेपछि लाप्राक बस्ती निर्माण प्रभावित
दरौँदी समाचारदाता ः केही दिन यता लगातार हिउँ परेपछि धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा एकिकृत बस्ती निर्माणको काम प्रभावित भएको छ । बस्तीमा शौचालय निर्माण घरको तल्ला छाप्ने काम बाँकी छ ।
लगायतारको हिमपातले उक्त काम प्रभावित भएको गैरआवासिय नेपाली संघ एनआरएनएका इन्जिनियर लक्ष्मण अर्यालले बताए । अब हिउँ रोकिएपछि फाल्गुन पछि बाँकी काम पुरा गर्ने र आगामी बैशाख १२ गते भूकम्प स्मृति दिवशका दिन बस्ती हस्तान्तरण गर्ने तयारी गरिएको उनले बताए ।




