
धार्चे गाउँपालिकामा दुई दिने कृषि प्रदर्शनी सुरु
स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी आर्थिक संवृद्धिका लागि धार्चे गाउँपालिकाले दुई दिने कृषि तथा हस्तकला प्रदर्शनी मेला सुरु भएको छ । केयर नेपाल र स्वाँरा सघन गाउँविकास केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिका कार्यालयले कृषि प्रदर्शनी तथा हस्तकलाका सामान प्रदर्शनी गरेको हो ।
प्रदर्शनीमा स्थानीय कृषकहरुले उत्पादन गरेका तरकारी, फलफूल, कुखुरा, हाँस, भेँडा, बाख्रा, हस्तकलाका सामग्री अन्तर्गत बख्खु, राडी, डोकोडालो, नाम्लो, पञ्जालगायतका सामग्रीहरु राखिएका थिए ।
गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पालुङ्टार नगरपालिकाकी उपप्रमु्ख पम्फा बसेल, बारपाक सुलीकोट गाउँपालिकाकी उपप्रमुख सनमाया गुरुङ, अजीरकोट गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङ र सिरानचोक गाउँपालिकाकी उपप्रमुख रीता देवकोटाले मन्तब्य ब्यक्त गरेका थिए । साथै स्वाँरा सघन गाउँविकास केन्द्रका कार्यकारी निर्देशक सीताराम श्रेष्ठ, केयर नेपालका माधव ढकाल, धार्चे गाउँपालिकाका कृषि समूहका सुमन गुरुङलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।





