
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ पालुंटार गठन
दरौंदी ः पालुङ्टार नगरपालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन भएको छ । आइतबार सम्पन्न भेलाले मानबहादुर पौडेलको अध्यक्षतामा महासंघ गठन गरेको हो ।
महासंघको उपाध्यक्षमा नारायणी अधिकारी, सचिवमा प्रेम खत्री सहसचिवमा इश्वर कुमार श्रेष्ठ र कोषाध्यक्षमा रञ्जिता गिरी बस्नेत चयन भएका छन् ।
जिल्ला महासंघका अध्यक्ष देवीप्रसाद श्रेष्ठको अध्यक्षता तथा पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलको प्रमुख आतित्थयतामा सम्पन्न भेलामा मेयर कँडेल, उपमेयर पम्फा बसेल, जिल्ला महासंघका सचिव शिव केशी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




