| शनिबार, कार्तिक २८, २०८३

अजिरकोटमा खानेपानी महासंघ गठन

गोरखाको अजिरकोट गाउँपालिकामा पालिका स्तरिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन भएको छ । दिननाथ धितालको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा मुगा गुरुङ, सचिव कमलबहादुर गुरुङ, सह सचिव महेश भट्ट, कोषाध्यक्ष गिता पोखरेल रहेका छन् ।

सदस्यहरुमा कुभराज गुरुङ, इन्द्रबहादुर गुरुङ, दिपक गुरुङ, डिलबहादुर गुरुङ रहेका छन् । खानेपानी महासंघका जिल्ला कोषाध्यक्ष सुजन कुँवरको अध्यक्षता एवं अजिरकोट गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख तोयाराज गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य शिव केसी, जिल्ला सदस्य केशरसिंह बस्नेतले क्षमता अभिवृद्धी, स्रोत दर्ता लगायत खानेपानीको सुरक्षाका विषयमा प्रशिक्षण दिएका थिए । जिल्लाका ११ वटै स्थानीय तहमा पालिका स्तरीय खानेपानी महासंघ गठन गर्ने अभियान चलिरहेको केन्द्रिय सदस्य शिव केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्