| शनिबार, कार्तिक २८, २०८३

नगरपालिकाद्वारा वडामै अपाङ्गता परिचय पत्र बितरण

गोरखा नगरपालिकाले अपाङ्गता भएकाहरुको सजिलोका लागि वडा नम्बर १३ बाट परिचय पत्र बितरणको शिविर सुरु गरेको छ । अपाङ्गता भएकाहरु परिचय पत्र बनाउन नगरपालिका कार्यालय सम्म आउँदा सहयोगीले ल्याउनुपर्ने, आउजाउ गर्न गाह«ो हुने, खर्च, समय पनि धेरै लाग्ने भन्दै वडामै पुगेर परिचय पत्र बितरण ग रिएको नगरप्रमुख राजनराज पन्तले बताए ।
‘जनतालाई सेवा दिने हाम्रो कर्तब्य हो, अझै फरक क्षमता भएका हरुलाई गाउँठाउँमै पुगेर सेवा दिँदा शारीरिक, आर्थिक र मानसिक रुपमा पनि सहज महशुस गर्नु हुनेछ’ उनले भने ।
बिहिवार भएको शिविरमा छ जनाले क बर्गको कार्ड नबिकरण गरेका छन् भने नयाँ क वर्गको एउटा बितरण भएको छ । ख बर्गको चार, ग बर्गको छ र घ वर्गको १० वटा अपाङ्गता परिचय पत्र बितरण भएको सामाजिक बिकास शाखा प्रमुख बिजयभक्त उपाध्यायले बताए । नगरपालिका मार्फत अहिले सम्म ८२ वटा परिचय पत्र बितरण भएको छ । महिला तथा बावालिका कार्यालय रहँदा नगरपालिका भित्र क बर्गको १५४, ख को २५६, ग को १७१ र घ वर्गको परिचय पत्र ७० जनाले लिएका थिए ।
क बर्गको परिचय पत्र भएकाले तीन हजार, ख वर्ग ले एक हजार छ सय रुपैयाँ पाउँदै आएका छन् भने जागिरमा पनि प्रथमिकता दिने गरिन्छ । शिविरमा परिचय पत्र नबिकरण सँगै तत्काल नयाँ बितरण पनि गरिएको थियो ।
चिकित्सक सहित नगरपालिकाको टोलीले तत्काल कुन किसिमको अपाङ्गता भएको ब्यक्ती हो भन्ने यकिन गरेर परिचय पत्र बितरण गरेको सामाजिक बिकास शाखाका बिजयभक्त उपाध्यायले बताए । यस अघि वडा नम्बर ४ मा पनि परिचय पत्र बितरण गरिएको थियो । तर शिविर नै संचालन गरेर भने पहिलो पटक नगरपालिकाले बितरण गरेको जनाएको छ ।
नगरउपप्रमुख बिनाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पन्त, वडा अध्यक्ष हरि खनाल, प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, प्रहरी निरिक्षक कमला नराल, नेत्रहिन संघ गोरखाका अध्यक्ष पवनकुमार बस्नेत लगायतले धारणा राखेका थिए । अन्य वडामा पनि शिविर संञ्चालन गर्ने योजना नगरपालिकाको छ । लक्षित बर्गको योजना र कार्यक्रम सञ्चालनका सवालमा नगरपालिका अझै धेरै संवेदनशिल रहेको नगरप्रमुख पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्