
थालाजुङको स्वास्थ्य शिविरमा ११ सयले सेवा लिए
सिरानचोक गाउँपालिका वडा नम्बर २ थालाजुङमा कात्तिक एक देखि चार दिन सम्म चलेकोनिशुल्क स्वास्थ्य शिविरमा एघार सय जनाले सेवा लिएका छन् ।
वडा कार्यालय, कादुरी एग्रिकल्चर एण्ड एशोसियसनको आयोजनामा थालाजुङ स्वास्थ्य चौकीमा आयोजित शिविमा ३० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । आँखा जाँच पाँच सय ८८ जनाले गराएका थिए ।
गाउँमै विषेशज्ञ सहित शल्यक्रिया शिविर आएको भन्दै स्थानीय खुसी भएका छन् । सेवा लिने मध्ये पाँच सय ८३ जना महिला रहेका छन् । शिविरमा दिइएको उपचारका लागि गोरखा सदरमुकामुकाम, चितवन, काठमाण्डौँ जानुपथ्यो । घरमै शिविर आएको बेला जाँच गराउनुपर्छ भन्दै सेवा लिन आउनेहरु उत्साहित बनेको वडा अध्यक्ष गुरुङले बताए ।
आँखा, स्त्रीरोग, दाँत संम्बन्धी उपचार र निशुल्क औषधी शिविरमा बितरण गरिएको थियो ।




