| शनिबार, कार्तिक २८, २०८३

गोरखा–मनकामना पदयात्रा सम्पन्न

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको आन्तरिक भ्रमण बर्ष र नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमणबर्ष २०२० को अवसर पारेर रोटरी क्लव अफ गोरखाले आयोजना गरेको गोरखा( मनकामना दुईदिने पदयात्रा सम्पन्न भएको छ । रोटूयाक्ट क्लव अफ गोरखाको सहयोगमा शुक्रबारदेखि शनिबारसम्म ऐतिहासिक गोरखा दरबारबाट यात्रा सुरु भएको पदयात्रा शनिबार मनकामना मन्दिरमा पुगेर सम्पन्न भएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष शरदबाबु कट्टेलले जानकारी दिए । यात्रामा गोरखनाथका पुजारी र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले शुभकामनाका साथ बिदाइ गरेका थिए । सो अवसरमा मेयर पन्तले प्रसिद्ध धार्मिकस्थल मनकामनामा बार्षिक १० लाख भन्दा धेरै धार्मिक तथा अन्य पर्यटक आउने र उनीहरुलाई पदयात्रा मार्फत गोरखा दरबारसम्म ल्याउनका लागि यो यात्रा सहायकसिद्ध हुने विश्वास ब्यक्त गरेका थिए ।
पदयात्रा गर्नेमा रोटरी क्लव र रोटूयाक्ट क्लव अफ गोरखाका २५ जना सहभागी थिए ।
यात्रामा सहभागीहरु शुक्रबार शहीद लखन गाउँपालिका ४ काउलेस्थित मगर गाउँको होमस्टेमा बास बस्नेछन् । उनीहरुलाई शहीद लखन गाउँपालिकाले स्वागत गरी बसोबासको ब्यबस्था मिलाएका क्लवका अध्यक्ष कट्टेलले बताए । त्यस्तै शनिबार मनकामना मन्दिर पुगेपछि यात्रा सम्पन्न भएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष अचलबाबु थापा, गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ, वडा नं. ८ का अध्यक्ष काशिनाथ अम्गाई, वडा नं. १ का अध्यक्ष जीतबहादुर केशी, कार्यक्रम संयोजक विशाल राना र रोटरी क्लव अफ गोरखाका अध्यक्ष शरदबाबु कट्टेलले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्