
रेडक्रस गोरखाद्वारा घ्याच्चोकका विस्थापित परिबारलाई राहत
नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले पहिरोबाट विस्थापित अजीरकोट गाउँपालिका १ साउनेपानीका पाँच परिबारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।
सोमबार बालुवा बजारमा एक कार्यक्रमको आयोजना गरी गोरखा शाखाका सभापति भगवान मास्के र सिम्जुङ उपशाखाका प्रतिनाथ दवाडीले बिस्थापित परिबारलाई सामग्री हस्तान्तरण गरेका हुन् । प्रति परिबार दुई थान त्रिपाल प्रदान गरिएको सभापति मास्केले जानकारी दिए ।




