
सिर्दी दलभन्ज्याङ टोल सुधार समिति गठन
गोरखा नगरपालिका ९ मा सिर्दी दलभन्ज्याङ टोल सुधार समिति गठन भएको छ । टोलबासीको भेलाले हरिबहादुर रोकाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सचिवमा सगुन केसी, र कोषाध्यक्ष प्रमिला केसी रहेका छन् । समितिको सदस्यमा राजेन्द्र सिर्मल, सुवास बानियाँ, सानुमाया थापा, पदमकुमारी खत्री, सम्झना खत्री र शकुन्तला रोका चयन भएका छन् ।
सोही भेलाले बासुबाबु खत्री संयोजक रहनेगरी ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिको सदस्यमा शिव केसी, कपिल नेपाली, काजिराम खत्री, डिलबहादुर खत्री रहेका छन्




