
दक्षिणकाली महिला समूहको शुभकामना कार्यक्रम
गोरखा नगरपालिका ७ छिपिटोलको दक्षिणकाली महिला समुहले दशैं लगायतका चाडबाडका अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
समुहकी उपाध्यक्ष भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिका वडा नं ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, छिपिटोल नयाँबजार टोल विकास संस्थाका सल्लाहकार नारायणबाबु श्रेष्ठ, रामबाबु श्रेष्ठ, ऋषिराम लामिछाने, संस्थाका कोषाध्यक्ष शहदेव प्रसाद श्रेष्ठ, कालीका महिला बचत तथा ऋण समुहकी अध्यक्ष निर्मला श्रेष्ठ, दक्षिणकाली महिला समुहकी सचिव राममाया श्रेष्ठ, सह सचिव लक्ष्मी श्रेष्ठ, सदस्य कल्पना प्रधान, भगवती लामिछाने लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
यसैबिच चाडबाडकै अबसरमा दक्षिणकाली महिला समुह र कालिका महिला बचत तथा ऋण समुहको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम पनि भएको छ ।




