| शुक्रबार, अशोज ३, २०७६

गोरखाका महिलाहरुलाई आत्म सुरक्षा सम्वन्धी तालिम

दरौंदी ःगोरखाका महिलाहरुलाई आत्म सुरक्षा सम्वन्धी तालिम दिइएको छ ।
महिला सशक्तिकरण नेपालका आयोजना तथा टेवा नेपालको सहयोग र नेवाः मिस दबू गोरखाको समन्वयमा तालिम भएको हो । महिला माथि हुने हिंसा तथा दुब्र्यबहार न्युनिकरणका लागि तालिमको आयोजना गरिएको नेवाः मिस दबूकी सह सचिव सरिता मास्केले बताईन ।
महिला सशक्तिकरण नेपालका अजय मानन्धर र सपना रानामगरले तालिममा सहभागित ३७ जना महिलालाई प्रशिक्षण दिएका थिए ।गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, नेवाः देय दबूका जिल्ला कोषाध्यष रुशबावु जोशी र महिला सशक्तिकरण नेपालका अध्यक्ष रस्मिला प्रजापतीले मन्तब्य ब्यक्त गरेका थिए । सोही कार्यक्रममा नेवाः मिस दबूले गोरखा नगरपालिका ३ नारेश्वरकी दुवै मृगौला पिडीत पम्फा श्रेष्ठको उपचारका लागि संकलन गरेको रकम उनका परिवारलाई हस्तान्तरण गरिएको छ ।
हाल चितवन मेडिकल कलेजमा उपचाररत श्रेष्ठको थप उपचारका लागि करीब ६० लाख रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएका छन् । तरआर्थिक अबस्था कमजोर भएकाले उनको उपचारका लागि सञ्चालन गरेको चन्दा सकंलन अभियानमा जुटेको एक लाख १६ हजार ५६५ रुपैयाँ उनका श्रीमान पृथ्वीनारायण श्रेष्ठलाई हस्तान्तरण गरिएको सुर्यमाया श्रेष्ठले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्