
रोटरी क्लब अफ बज्र मनास्लुको पदस्थापन
रोटरी क्लब अफ बज्र मनास्लु गोरखाको चौथो पदस्थापन सम्पन्न भएको छ । क्लबका बर्ष २०१८÷१९ का अध्यक्ष बाबुराम श्रेष्ठले बर्ष २०१९÷२० का अध्यक्ष रुसबाबु जोशीलाई पद हस्तान्तरण गरे । बर्ष २०१९÷२० का लागि क्लबको इलेक्टेड प्रेसिडेन्ड विष्णुबहादुर राना मगर, नोमिनि प्रेसिडेन्ट कृष्णमान श्रेष्ठ, उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, सचिव शिशु बाबु प्रधान, सह सचिव नोखबहादुर बोगटी, कोषाध्यक्ष किरणबाबु श्रेष्ठ, क्लब एडमिन डाइरेक्टर दामोदर घिमिरे, टिआर एफ डाइरेक्टर बिदुर बानीया, पब्लिक रीलेसन डाइरेक्टर विनोद अर्याल, मेम्बरसिप ग्रोथ डाइरेक्टर रामकुमार श्रेष्ठ, सर्भिस प्रोजेक्ट डाईरेक्टर सुजन श्रेष्ठ र चार्टर प्रेसिडेन्ट एंवम् सर्जन एण्ड आर्म भाइचन्द्र श्रेष्ठ रहेका छन् । कार्यक्रममा क्लबका डिस्टिूक ३२९२ नेपाल भुटानका डिजी किरणलाल श्रेष्ठ, गोपी अधिकारी, तेजनाथ न्यौपाने, डिल्ली शर्मा, महेन्द्र अधिकारी लगायतले मन्तब्य राखेका थिए ।




