
आगोलागी पिडितलाई रेडक्रस गोरखाको सहयोग
नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाले आगोलागी पिडित चार परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
आरुघाट गाउँपालिका १ स्याम्चेतका मानबहादुर लामा, बेलबहादुर लामा र प्रेमकुमार लामा तथा पालुङटार नगरपालिका ७ च्याङलीका होमबहादुर नेपालीको परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो ।
उनीहरुलाई प्रति परिवार दश हजार रुपैयाँ बराबरको सामाग्री दिईएको छ । त्रिपाल कम्मल, भाडाँकुडा, कपडा राहत स्वरुप प्रदान गरिएको जिल्ला सभापति भगवानबाबु मास्केले जानकारी दिए । स्याम्चेतका लामाहरुको जेठ १५ गते र च्याङलीका नेपालीको जेठ २० गते विद्युत सर्ट भएर आगो लाग्दा घर जलेको थियो ।




