| आइतवार, कार्तिक २९, २०८३

सोह्रौं रोट महोत्सव सम्पन्न

दरौंदी : गोरखाको गोरखनाथ मन्दिरमा जेठ ४ गतेबाट शुरु भएको सोह्रौं सवालाख रोट महोत्सव मंगलबार सकिएको छ । गुरु गोरखनाथलाई रोट अर्पण सहित विभिन्न कार्यक्रमका साथ महोत्सव सकिएको हो ।

महोत्सव अबधिभर लोक चुटका भजन एबं नृत्य लगायतका कार्यक्रम भएका थिए । हरेक दिन स्तोत्र पाठ, मन्त्रजप, हवन, पुजन, भजनकिर्तन, रोट अर्पण, प्रसाद वितरण कार्यक्रम गरिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोर अकेलाले बताए ।

गुरु गोरखनाथ प्रथम पटक प्रकट भएको गोरखनाथ गुफामा भएको रोट महोत्सवले गोरखालाई राष्टिूय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सघाएको सिद्धाश्रम शक्तिकेन्द्रका साधक रामजी अर्यालले जानकारी दिए । विश्वशान्ती, मानव कल्याण तथा गुरु गोरखनाथलाई खुसी पारी नेपालीको कल्याणका कोणबाट पनि महोत्सव सफल भएको आयोजकको विश्वास छ । महोत्सव अवधीमा करीब ३० हजार भक्तजनले रोट चढाएका आयोजकको अनुमान छ । महोत्सवमा भारत सहित देशका काठमाण्डौ, कास्की, भक्तपुर, तनहु, लमजुङ, बाग्लुङ, स्याङजा नुवाकोट लगायतका जिल्लाबाट पनि भक्तजन आएका थिए । भक्तजन लाई आयोजकले खानेबस्ने सुविधा निशुल्क रुपमा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्