
घैरुङ र सौरपानी उपशाखामा रेडक्रसको नयाँ समिति
नेपाल रेडक्रस सोसाईटी घैरुङ र सौरपानी उपशाखामा नयाँ कार्यसमिति चयन गरिएको छ । घैरुङमा गुनबहादुर थापा सभापति रहनेगरि नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उप सभापति शर्मिला ढकाल, सचिव चुडामणी न्यौपाने, कोषाध्यक्ष इश्वर कुमार श्रेष्ठ , सह सचिव मित्रलाल पन्त र सह कोषाध्यक्ष मिना श्रेष्ठ चयन भएका छन् ।
समितिको सदस्यमा रिना श्रेष्ठ, विकास सुन्दर श्रेष्ठ, डिल्लीराम रेग्मी, राजु लामिछाने र अचल गुरुङ चयन भएका नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाले जनाएको छ ।
यस्तै, सौरपानीमा उपशाखाको सभापतिमा केशरी प्रसाद ढकाल चयन भएका छन् ।
समितिको उपसभापतीमा गिता पनेरु, सचिबमा हरि प्रसाद पनेरु, कोषाध्यक्षमा दिनेश खनखबास, उप सचिवमा प्रतिमा भट्टराई न्यौपाने र उप कोषाध्यक्षमा मंगल प्रसाद पन्त चयन भएका छन् ।
समितिको सदस्यहरुमा रेखा राना, जानुका सापकोटा, वीर बहादुर गुरुङ, दिपक ढकाल र ओम बहादुर गुरुङ रहेका छन् ।




