
बैशाख १२ गते गोरखा सदरमुकाममा सांस्कृतिक कार्यक्रम हुने
भुकम्प स्मृति दिवसको अबसरमा बैशाख १२ गते गोरखा सदरमुकाममा सांस्कृतिक कार्यक्रम हुने भएको छ । कालीका सांस्कृतिक कलाकेन्द्रको आयोजनामा हरमटारीको खेल मैदानमा सांस्कृतिक कार्यक्रम हुने भएको हो । केन्द्रका सञ्चालक बिक्रम तामाङले शुक्रबार पत्रकार सम्मेलन गर्दै हरी सांस्कृतिक कला केन्द्रमा पुस्तकालय स्थापनाका लागि कार्यक्रम आयोजना गरिएको बताए । प्रबेश टिकटबाट संकलित रकमले पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
कार्यक्रममा नेपालको २५ बर्ष पुरानो सांगीतिक समुह दि मर्चा ब्याण्ड र चर्चित ¥यापर समिर घिसिङको विशेष प्रस्तुती रहनेछ । यस्तै, कालीका सांस्कृतिक कलाकेन्द्रले विभिन्न सांस्कृतिक कार्यक्रम सहित भुकम्पपछिको पुननिर्माण दर्शाउने गरि प्रस्तुती देखाउने योजना बनाएको छ । सोही अबसरमा गोरखा भुकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा दिप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको सञ्चालक तामाङले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न करीब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । टिकट विक्रि र स्थानिय प्रायोजकको सहयोगबाट संकलित रकमले कार्यक्रम सम्पन्न गर्ने उनको भनाई छ । कार्यक्रमका प्रबेशका लागि एक हजार, पाचँ सय र तिन सय रुपैयाँका टिकटको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।




