| आइतवार, कार्तिक २९, २०८३

बारपाक सुलिकोट गाउँपालिकामा बैशाख १२ गते सार्वजनिक विदा

गोरखा भुकम्पको केन्द्रविन्दु  बारपाक सुलिकोट गाउँपालिकामा बैशाख १२ गते सार्वजनिक विदा हुने भएको छ । चैत २३ गते बसेको बारपाक सुलिकोट गाउँ कार्यपालिकाको बैठकले बैशाख १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सोही दिन गाउँपालिका स्थित सम्पुर्ण सरकारी तथा सार्वजनिक कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव गुरुङले जानकारी दिए ।

२०७२ बैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर गएको भुकम्पले सो गाउँपालिकाका एक सय ३९ जनाको मृत्यु भएको थियो । भुकम्पमा ज्यान गुमाएकाहरुको स्मृति सँगै विपद जोखिम न्युनिकरणबारे सचेतना फैलाउनका लागि सार्वजनिक विदा दिईएको उनले बताए  ।

प्रतिक्रिया दिनुहोस्