| आइतवार, कार्तिक २९, २०८३

सिरानचोक गाउँपालिका वडा नं ७ को वडा कार्यालयसम्म सडक स्तरोन्नती

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ७ को वडा कार्यालयसम्म सडक स्तरोन्नती गरिएको छ ।

वडा कार्यालयले गत बर्षको ४ लाख र चालु आर्थिक बर्षको ३ लाख गरि सात लाख रुपैयाँ बजेटले सडक स्तरोन्नती गरेको हो ।

तल्लो गोहोरे देखी डाडाँगाउँ हुदै वडा कार्यालय र स्वास्थ्यचौकीसम्म तिन किलोमिटर बाटो स्तरोन्नती  गरिएको वडा अधयक्ष सुरज ढकालले बताए । ‘बोलेरो र मोटरसाईकल मात्रै आउजाउ गर्न सक्ने बाटो थियो’ उनले भने ‘ अहिले बाटो फराकिलो बनाएका छौं, सोमबारबाट नियमित रुपमा यात्रुबाहक बस चल्न थाल्यो ।’

गोरखा यातायात ब्यबसायी समितिले सो क्षेत्रका यात्रुलाई आवातजावातका लागि  सदरमुकामदेखी वडा कार्यालयसम्म दैनिक एउटा बस सञ्चालनमा ल्याएको स्थानिय विनोद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्