| आइतवार, कार्तिक २९, २०८३

पशु क्वारेन्टाइन चेकजाँच तीब्र

छिमेकी जिल्लामा वर्ड फ्लु देखिएकाले गोरखामा सजगता अपनाउने क्रममा पशु क्वारेन्टाइन चेकजाँचलाई तीब्र पारिएको छ ।

जिल्ला भित्रिने विभिन्न नाकाहरुमा क्वारेन्टाइन चेकजाँचलाई तीब्र पारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले जानकारी दिए ।

चेकजाचँकै क्रममा आइतबार राति आँबुखैरेनी हुँदै गोरखा भित्राउन लागिएको आठ हजार तिन शय ६० चल्ला नियन्त्रणमा लिइएको उनले बताए ।

‘मझुवा देउरालीमा पशु क्वारेन्टाइन चेकजाँचका क्रममा तिनजना ब्यवसायीले ल्याएको चल्ला नियन्त्रणमा लिएका थियौ’ उनले भने ‘नियन्त्रणमा लिइएका चल्लाको नमुना परिक्षणका लागि पशु रोग अन्वेषण प्रयोगशाला पोखरा पठायौं, वल्र्ड फ्लू नभएको पुष्टि भयो ।’ प्रयोगशालाको रिर्पोट पश्चात नियन्त्रणमा लिएको चल्ला सम्बन्धित ब्यबसायिलाई जिम्मा लगाएको उनको भनाई छ ।

चितवनको भरतपुरबाट चल्ला ल्याएका ब्यबसायिसाग अन्य कागजात भएपनि वर्ड फ्लुको परिक्षण गरिएको सम्बन्धि कागजात नभएकाले नियन्त्रणमा लिएर प्रयोगशालामा पठाएको उनले स्पस्ट पारे । पशु क्वारेन्टाइन कार्यविधि २०६४ अनुसार सम्बन्धित सरकारी कार्यालयले आफ्नो क्षेत्र प्रवेश गर्ने पशुपंक्षीजन्य सामग्रीको जुनसुकै बेला चेकजाँच गर्न सक्ने प्रावधान अनुसार नियमित रुपमा  क्वारेन्टाइन चेकजाँच गरिएको डाक्टर ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्