
खोर्ला गाउँमा कुखुरा मर्न थाले
धार्चे गाउँपालिका ३ खोर्ला गाउँमा पहिचान नभएको रोगका कारण किसानले पालेका कुखुरा मर्न थालेको छ । तिनदिन यता गाउँको सबै घरमा पालेको कुखुरा धमाधम मरेको खोर्लाका डिलबहादुर गुरुङले बताए । ‘कुखुरा झोक्राएर बस्ने, दानापानी नखाने र मर्ने भयो’ उनले भने ‘यहाँ दुई सय ११ घर छ । हरेक घरमा ८÷१० वटा कुखुरा थ्यो, सबै म¥यो ।’ गाउँमा पालिएको लोकल कुखुरामा समस्या देखिएपनि गिरीराज जातको कुखुरामा कुनै समस्या नरहेको उनले बताए । कुखुरामा देखिएको समस्याबारे माछाखोलास्थित धार्चे गाउँपालिकाको पशु शाखामा जानकारी गराए पनि वेवास्ता गरिएको उनको भनाई छ ।
मरेका कुखुरा स्थानियले खान थालेकाले थप जोखीम रहेको गुरुङले बताए । ‘केहि मान्छेले मरेको कुखुरा पकाएर खाएका छन्, उनले भने ‘के भएर कुखुरा मरेको हो, त्यहि मासु खाँदा मान्छे पनि बिरामी होला, महामारी फैलिएला, यहाँको मान्छे भनेको टेर्दैनन् ।’
गाउँपालिकामा यसबिषयमा कुनैपनि जानकारी नआएकाले थप बुझेर अघि बढ्ने गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘मलाई अहिलेसम्म कुनै जानकारी आएको छैन’ उनले भने ‘ समस्या बुझेर समाधानको बाटो खोज्छु ।’
गाउँपालिकाको पशु शाखा मार्फत कुखुरा मर्नुको कारण पहिचान गरि थप सतकर्ताका लागि पहल गर्ने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले बताए ।‘कुखुरा के कारणले म¥यो अहिले नै भन्न सक्दिन ’ उनले भने ‘फिल्डमा प्राविधिक पठाएपछि थप अध्ययन गरेर कारण पत्ता लगाउँछौ र थप सतकर्ताका उपाय अपनाउछौं ।’




