
सिरानचोकमा विपद प्रतिकार्य तालिम सम्पन्न
दरौंदीः गोरखाको सिरानचोक गाउँपालिकाले गाउँपालिका स्तरीय बिपत प्रतिकार्यका लागि सामुदायिक पहलको तालिम सम्पन्न गरेको छ ।
गत फागुन २२ गतेदेखि सुरु भएको तालिममा आठ वटा वडाका एकसय चार जना सहभागी थिए ।
गाउँपालिकाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बिहिबार सम्पन्न तालिम समापन कार्यक्रममा उपाध्यक्ष रिता देवकोटा, वडा नं. २ का वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो । समारोहमा बोल्दै गाउपालिकाका अध्यक्ष गुरुङले बिगतका प्रकोप, बर्तमानमा भोग्दै आएका प्रकोप र भबिस्यमा आइपर्ने विभिन्न प्रकोपहरुलाई न्यूनीकरणकरण गर्नका लागि गाउपालिकाले बिभिन्न योजना र कार्यबिधि निर्माण गर्ने बताएका थिए ।
तालिममा युरोपियन युनियनको आर्थिक सहयोगमा केयर नेपालका वरिष्ठ प्राबिधिक बिशेषज्ञ सुरेन्द्र बमको उपस्थिति थियो ।




