
सामाजिक सद्भावका साथ फागु पूर्णिमा पर्व मनाउन आग्रह
गोरखाका सामाजिक संघसंस्थाका अगुवाहरुले सामाजिक सद्भावका साथ फागु पूर्णिमा पर्व मनाउन आग्रह गरेका छन् ।
गोरखा जेसिजको आयोजनामा सोमबार बिहान भएको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले इच्छा विपरित कसैलाई रंग दल्ने, लोला हान्ने जस्ता कार्यहरु नगर्न÷नगराउन आग्रह गरेका हुन् ।
यहि चैत ६ गते बुधबार परेको फागु पुर्णिमालाई सुरक्षित र भव्य तथा उल्लासमय बनाउनु युवाहरुको पनि दायित्व भएको सहभागीहरुको भनाई छ ।
गोरखा जेसिजका अध्यक्ष राजिव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालीकाका प्रमुख राजनराज पन्त, प्रहरी निरिक्षक कमला नराल, लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु जोशी, रोटरी, रोट्रयाक्ट र लियो क्लव अफ गोरखाका प्रतिनिधि, पत्रकार लगायतले आफ्ना भनाई राखेका थिए ।




