| आइतवार, कार्तिक २९, २०८३

प्रेस युनियन चितवनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र, न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याउन माग

 

नेपाल प्रेस युनियन चितवनले सरकारले तोकेको पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत् नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् । ज्ञापनपत्रमा नेपाल सरकारले कात्तिक १ गतेदेखि सरकारले पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको भए पनि चितवनलगायत देशभरका अधिकांश सञ्चार माध्यममा लागू हुन नसकेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्