
नेकपाद्धारा सहिद र वेपत्ता परिवार सम्मान
नेपाल कम्युनिष्ट पार्टी गोरखाले आरुघाट र कुन्दुरमा छुट्टाछुट्टै कार्यक्रम गरि सहिद तथा वेपत्ता परिवार सम्मान गरेको छ । सहिद सप्ताहका अबसरमा गोरखा नगरपालिकाको कुन्दुरस्थित सहिद स्मृति हल र आरुघाटको घरेलु चौरमा मंगलबार कार्यक्रम भएको हो ।
दुबै कार्यक्रममा प्रतिनिधी सभाका सांसद हरीराज अधिकारीले शहिद तथा वेपत्ता परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे । कुन्दुरमा २८ सहिद र २ वेपत्ता परिवार तथा आरुघाटमा १० सहिद परिवारलाई सम्मान गरिएको नेकपाका जिल्ला पार्टी कार्यालय सचिव अंकुर तिमिल्सिनाले जानकारी दिए । दुबै कार्यक्रममा नेकपाका दिवंगत नेताद्धय भरतमोहन अधिकारी र रविन्द्र अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभा पनि गरिएको छ ।
कुन्दुरमा नगर संयन्त्र सदस्य कमला नहर्कीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद अधिकारी, नेकपाका केन्द्रिय सदस्य परशुराम रम्तेल, प्रदेश सदस्य सम्झना देवकोटा, बुद्धि दवाडी, कृष्णबाबु कुँवर, कृष्ण राना लगायतले मन्तब्य राखेका थिए ।
आरुघाट गाउँपालिका संयन्त्र सदस्य ऋषि खनालको अध्यक्षतामा आरुघाटमा भएको कार्यक्रममा प्रदेश सदस्य जगन्नाथ खनाल, जिल्ला संयन्त्र सदस्य कृष्ण नेपाली, शहिद परीवारका भक्ति लामीछाने लगायतले मन्तब्य राखेका थिए ।




