
ठिँगुरेस्वाँरामा जीर्णोद्वार गरिएको शिव मन्दिरको उद्घाटन
गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरामा जीर्णोद्धार गरिएको शिवमन्दिरको महाशिवरात्रीको अवसर पारेर सोमबार उद्घाटन गरिएको छ ।
वडा नं. ९ को कार्यालयको आर्थिक सहयोग तथा नेपाली सेनाको रणसिँह दल गणको श्रमदानमा जीर्णेद्वार गरिएको मन्दिरको नगरपालिकाका मेयर राजनराज पन्तले रिवन काटेर उद्घाटन गरेका हुन् । साथै गणपति चन्दनबाबु थापाले झण्डोत्तोलन र वडाअध्यक्ष कुलबहादुर कुँबरले द्वीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।
गत आर्थिक बर्षको एकलाख ५० हजार र यस बर्षको ६० हजार रुपियाँ तथा जनश्रम गरी करिब सातलाख रुपियाँको लागतमा मन्दिर निर्माण सम्पन्न भएको वडा अध्यक्ष कुँबरले जानकारी दिए ।
उद्घाटन समारोहमा प्रमुख अतिथि मेयर पन्त, गणपति थापा, वडा अध्यक्ष कुँबर, जग्गादाता धिरज बहादुर मास्के, टोल विकास संस्थाका बाबुबाबु खत्रीलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।




