
गुरुङ महिलाहरुको राष्ट्रिय भेला गोरखामा शुरु
तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदको पहिलो पार्षद सभा गोरखामा शुरु भएको छ । हरमटारीको कभर्ड हलमा शनिवारबाट शुरु भएको परिषदको तमू ह्युल छोजं धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमूले उद्घाटन गरे ।
सभामा ३५ जिल्ला, विशेष सदस्य संस्था र करीब २० वटा तमू संघ संस्थाका प्रतिनिधी सहभागी भएका परिषदकी महासचिव अन्जना तमूले बताईन् । जातिय समुदायको भाषा, भेषभुषा, लिपि, धर्म, संस्कार र संस्कृति साथै जातिय हकहित र अधिकारको संरक्षण एवंम् संबद्र्धन गर्ने उदेश्यले सभा गरिएको उनको भनाई छ । सभा आइतबारसम्म चल्नेछ ।




