| आइतवार, कार्तिक २९, २०८३

लाप्राक बस्ती निर्माणमा एनआरएनए फ्रान्सको सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) फ्रान्सले गोरखाको लाप्राक बस्ती निर्माण सम्पन्न गर्न १२ हजार युरो आर्थिक सहयोग गरेको छ ।
एनआरएनए एनसीसी फ्रान्सका प्रवक्ता प्रकाश सापकोटाले संघको निर्णयबाट १२ हजार युरो पठाएको जनाएका छन् ।
एनसीसी फ्रान्सले सो रकम लाप्राकमा बन्दै गरेको भूकम्पपिडित बस्ती निर्माण कार्यका लागि सहयोग गरेको जनाएको छ । सहयोग रकम सन् २०१५ देखि हालसम्म जम्मा भएको रकम मध्येबाट पठाइएको एनआरएनए फ्रान्सले जनाएको छ ।
संघले आफ्ना सबै एनसीसीहरुलाई लाप्राक प्रोजेक्टको लागि प्रतिबद्धताअनुसार सहयोग गर्न आह्वान गरेपछि जम्मा भएको रकममध्ये हाललाई १२ हजार युरो सहयोग गरेको हो ।
यसका साथै एनआरएनए एनसीसीले चाँडैनै लाप्राक बस्ती निर्माण कार्य सम्पन्न भई भूकम्प पीडितहरुलाई हस्तान्तरण हुने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्