| बुधबार, भदौ ४, २०७६

अजिरकोटलाई पुनर्निर्माण सम्पन्न पहिलो गाँउपालिका बनाइने ः अध्यक्ष धिताल

गोरखाको अजिरकोट गाँउपालिकाका अध्यक्ष फणिन्द्र धितालले भुकम्पपछिको निजि आवास पुनर्निर्माण सम्पन्न गर्ने पहिलो गाँउपालिका बनाउन प्रतिबद्ध रहेको बताएका छन् । अजिरकोट गाँउपालिकामा भारत सरकारद्धारा सहयोग सञ्चालित नेपाल आवास पुनर्निर्माण परियोजनाले आयोजना गरेको पुनर्निर्माण सम्बन्धी गाँउपालिकास्तरीय गोष्ठीमा अध्यक्ष धितालले पुनर्निर्माण सम्पन्न गराउन आफु प्रतिबद्ध रहेको बताए । उनले गाँउपालिकामा नक्सा पास गर्नका लागि बिल्डिङ परमिट स्टुडियोको व्यवस्था गर्न परियोजनालाई आग्रह गरे । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) का प्रमुख रामशरण आचार्यले लाभग्राहीमा देखीएको दोहोरोपना हटाउन वडाध्यक्षलाई आग्रह गरे ।
जिल्ला आयोजना कार्यन्वयन इकाईका इन्जिनियर युवक श्रेष्ठले प्राविधिकको काम प्रभावकारी बनाउन हाजिरीको लिखित व्यवस्था गर्न पालिकालाई आग्रह गरे । नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटाले राष्ट्रिय पुनर्निर्मांण प्राधिकरण र पालिाकास्तरमा समन्वय गरेर पुनर्निर्माणमा देखिएका समस्यालाई समाधान गर्न तयार रहेको बताए । गोष्ठीमा परियोजनाका अजिरकोट गाँउपालिकाका समुह संयोजक एवम् इन्जिनियर मधु पौडेलले वडा नम्बर १ र २ मा ९६ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्