| आइतवार, कार्तिक २९, २०८३

लियो क्लव अफ गोरखाले मनायो सहिद दिवस

सहिद दिवसको अवसरमा लियो क्लव अफ गोरखाले गोरखा सदरमुकाममा द्वीप प्रज्वलन गरेको छ । गोरखा जेसिज गोरखा, रोट्रयाक्ट क्लव अफ गोरखा, रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको सह आयोजनामा करिब चारसय वटा बत्ती बालेर सहिद दिवस मनाइएको लियो यम बसेलले जानकारी दिए ।

सोही अवसरमा गोरखा नगरपालिका ३ नारेश्वर स्थित विन्दबासिनी माविका ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको उनले बताए । अति गरिब समुदायका २० र सुस्त मनस्थितिका १० जना विद्यार्थीलाई सामग्री वितरण गरेको बसेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्