| बिहिबार, कार्तिक १९, २०८३

बिमा प्राधिकरणको अध्यक्षमा गोरखाका राजन विक्रम थापा नियुक्त

सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा गोरखाका राजन विक्रम थापालाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथपछि अर्थमन्त्री वाग्लेले विशेष निर्देशन दिँदै नवनियुक्त अध्यक्ष थापालाई बिमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन पनि दिएका थिए । थापा गोरखा नगरपालिका ३ नारेश्वरका हुन् ।

प्रतिक्रिया दिनुहोस्