| शनिबार, कार्तिक १, २०८३

एकीकरण नेपालको अठारौंँ बार्षिक साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न

एकीकरण नेपालको अठारौं वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिलनसिँह बस्नेतको अध्यक्षतामा नयाँ कार्यकालका लागि कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा सीताराम तिवारी, सचिवमा वालकृष्ण लामिछाने, सहसचिवमा बिमला अम्गाईँ ढकाल र कोषाध्यक्षमा दुर्गा गुरुङलाई सर्वसम्मत चयन गरेको छ । साथै सदस्यहरुमा यदु अधिकारी, ज्ञानु गुरुङ, कृष्णबहादुर कोइराला र गोमा कोइरालालाई सर्वसम्मत चयन गरेको छ ।

गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपमेयर थोकर, पत्रकार शिव उप्रेती, यदु अधिकारी, सीताराम तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्