| बिहिबार, साउन २०, २०८३

छेवेटारको बृद्धाश्रम मानव सेवा आश्रममार्फत संचालन हुने

गोरखा नगरपालिका वडा नं १० छेवेटारमा निर्माण सम्पन्न भई संचालनमा आउन नसकेको गण्डकी प्रदेश जेष्ठ नागरिक आश्रम अब संचालनमा आउने भएको छ । मानव सेवा आश्रममार्फत प्रदेश जेष्ठ नागरिक आश्रम संचालनमा ल्याउने सम्झौता भएको हो ।
मंगलबार गोरखा नगरपालिका वडा नं १० को रोहवरमा एकीकृत सेवा कार्यालय गोरखा र मानव सेवा आश्रम बीच उक्त सम्झौँता भएको वडाअध्यक्ष प्रदिप कुँवरले बताए । गण्डकी प्रदेश जेष्ठ नागरिक आश्रम संचालन कार्यविधि, २०८२ अनुसार ५ वर्षका लागि मानवसेवा आश्रमले बृद्धाश्रम संचालन गर्ने सम्झौँता भएको कुँवरले जानकारी दिए ।
६० वर्ष उमेर पुगेका, जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएका, पालनपोषण वा हेरचाह गर्ने परिवारका कुनै सदस्य नभएका र पारिवारिक सदस्य भएर पनि पालनपोषण नगरी अपहेलित जीवन बिताउन बाध्य भएकाहरुलाई आश्रमले आश्रय दिने प्रदेशको कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्