| मङ्लबार, बैशाख १, २०८३

गोरखामा तेस्रो रैथाने खाना तथा सडक महोत्सव सुरु (तस्विरहरु)

तेस्रो रैथाने खाना तथा सडक महोत्सव सुरु भएको छ । गोरखा होटल संघको आयोजनामा सोमवारबाट महोत्सव सुरु भएको हो । नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको महोत्सव भोली मंगलवारसम्म चल्ने छ ।

पर्यटन प्रवद्र्धन गर्ने उदेश्य रहेको संघका महासचिव सुमन श्रेष्ठले बताए । उनका अनुसार विपिचोकदेखि ठुलोआँगनसम्म सडकमै खानाका स्टलहरु हुनेछन् । बिभिन्न कलाकारको सांगितिक प्रस्तुतीको साथमा ग्रुप डान्स प्रतियोगिता समेत हुने बताइएको छ ।

महोत्सवकै अवसरमा सोमवार झाँकी ¥याली निकालिएको छ । हरमटारीबाट निस्किएको ¥याली बिसौनी बसपार्क हुदै रानीपोखरी कार्यक्रम परिसरमा गएर टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस्