
पत्रकार शिव उप्रेतीलाई मातृशोक
गोरखाका पत्रकार शिव उप्रेतीलाई मातृशोक परेको छ । ९० बर्षीया उनको आमा इन्द्रकुमारी उप्रेतीको बिहीवार निधन भएको हो । विगत केही समयदेखि उनी अस्वस्थ थिइन् । हिन्दु परम्परा अनुसार बिहीवार रामशाह घाटमा उनको अन्त्येष्टि गरिएको छ ।
इन्द्रकुमारीका तीन छोरामध्ये शिव कान्छा छोरा हुन् । बिगत लामो समयदेखि उनी गोरखामा पत्रकारिता गर्दै आएका छन् । अन्नपूर्ण पोष्टका जिल्ला सम्वाददाता उनी दरौँदी दैनिक पत्रिकाका सम्पादक समेत हुन् ।




