| मङ्लबार, कार्तिक २४, २०८३

जन्मदिनको अवसर पारेर श्रेष्ठद्धारा गुरुकुललाई खाद्यान्न सहयोग

गोरखा नगरपालिका–६ छहरेस्थित गोरक्षनाथ वैदिक गुरुकुल आधारभूत बिद्यालयलाई खाद्यान्न सहयोग भएको छ ।

आफ्नो जन्मदिनको अवसर पारेर गोरखा नगरपालिका–६ ठुलोआँगन निवासी सुशिला श्रेष्ठले बिद्यालयलाई खाद्यान्न सहयोग गरेकी हुन् ।

आइतवार गुरुकुल पुगेर उनले चामल, दाल, नून, तेल लगायतका खाद्यान्न सहित फलफुल बिद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेकी हुन् । गुरुकुलमा आवासिय रुपमा अध्ययनरत बिद्यार्थीका लािग खाद्यान्न सहयोग गरिएको श्रेष्ठले बताइन् ।

सहयोगका लागि आभार व्यक्त गर्दै गुरुकुलका प्रअ उपाध्यायले हाल गुरुकुलमा १३ जना बालबालिका आवासिय रुपमा अध्ययन गर्दे आएको जानकारी समेत गराए ।

प्रतिक्रिया दिनुहोस्