| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको छेवेटारमा संचालित खाजा घरमा आगलागी

गोरखा नगरपालिका–१० छेवेटारमा संचालित खाजा घरमा आगलागी भएको छ ।

सिरानचोक गाउँपालिका छोप्राककी गिता पोखरेलले संचालन गर्दै आएको खाजा घरमा शुक्रवार बिहान करिव तीन बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

टिनले बारेको र टिनले नै छाएको खाजा घरमा आगलागी भएको हो । आगलागीका कारण पसल पूर्ण रुपमा क्षति भएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । ‘के कारणले आगलागी भएको खुलेको छैन,’ उनले भने, ‘क्षतिको एकिन विवरण पनि आउन बाँकी छ ।’

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्