
प्रदेशमा खेलपर्यटन बिकास गर्दैछुः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा खेल पर्यटन बिकास गर्ने बताएका छन् । शनिबार नवज्योति मावि डण्डीडाँडाको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले खेलकुद प्रवद्र्धनका लागी खेल पर्यटन महत्वपूर्ण हुने भएकाले खेल पर्यटनको माध्यमबाट प्रदेशमा पर्यटकीय वातावरण सिर्जना गर्न लागिएको बताएका छन् ।
‘कतिपय विद्यालय, पालिका तथा जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्दा स्रोत साधानको कमीले गर्दा उत्कृष्ट खेलाडी निर्माण गर्न नसकिरहेको अवस्था छ’, उनले भने, ‘त्येसैले गण्डकी प्रदेशले यो वर्षदेखि पूर्व खेलाडीहरु उत्साह, उमंग र योगदानलाई सम्मान गर्दै मेडल वितरण गर्ने कार्यक्रम अगाडी बढाएका छौँ त्येसैगरी प्रदेशभित्रको ओलम्पिकमा सहभागी भएका खेलाडीहरुलाई पनि मासिक भत्ता दिने व्यवस्था मिलाएका छु ।
उनले समग्र शिक्षा क्षेत्रको बिकासका लागी स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको सहयोगमा मात्र दक्ष युवा शक्तिको पलायन रोक्न सकिने बताएका छन् ।




