| मङ्लबार, कार्तिक २४, २०८३

ल्होसारको दिन गोरखा अस्पतालले आधा दिनसम्म सेवा दिने

सदरमुकामस्थित गोरखा अस्पतालले ल्होसारको दिन आधादिनसम्म ओपिडि सेवा संचालन गर्ने भएको छ । अस्पतालले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै ओपिडी सेवा सोमबार दिउँसो १ बजेसम्म संचालन गर्ने जनाएको हो ।
‘ओपिडि सेवा आधा दिन खुल्ने छ’, सो सूचनामा भनिएको छ, ‘टिकट काउण्टर बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ने छ, इमर्जेन्सी र अन्तरंग सेवा २४ सै घण्टा यथावत चालु रहने छ ।’

प्रतिक्रिया दिनुहोस्