| मङ्लबार, कार्तिक २४, २०८३

मनकामना केबलकारआज र भोलि बन्द रहने

मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले आज (सोमबार) र भोलि (मंगलबार) दुई दिनका लागि सेवा बन्द गरिन लागेको हो ।

कम्पनीका अनुसार टावरको मर्मत सम्भारका लागि सेवा बन्द गरिएको र बुधबारदेखि नियमित सञ्चालन हुनेछ । सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्