
गोरखामा मतगणना सुरु
गोरखा–५ को वडाध्यक्षका लागि आइतवार भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघिबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘मतदान सकिएपछि मतपेटिकाहरु संकलन ग¥यौ,’ मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले भने, ‘सर्वदलिय बैठक बसेर मतगणना सुरु गरेका हौ ।’
वडा नम्वर ५ को कार्यालयमा मतगणना स्थल तयार गरिएको उनले बताए । तारजालीले बारेर स्थललाई सुरक्षित गरिएको छ भने निगरानीका लागि सिसिटिभी समेत जडान गरिएको छ । कुल १ हजार ३७३ मत खसेकाले मतगणना आजै सकिने कार्यालयले जनाएको छ ।




