
गोनपा–५ को उपनिर्वाचनमा ६१.७१ प्रतिशत मत खस्यो
गोरखा नगरपालिका ५ मा ६२ प्रतिशत मत खसेको छ । वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा २२२५ मतदातामध्य १३७३ अर्थात ६१ दशमलव ७१ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
गोरखकाली आवि मतदान केन्द्रमा ४५८, शिवशक्ति आवि क केन्द्रमा ४६९ र ख केन्द्रमा ४४६ मत खसेको कार्यालयका सुचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।




