| मङ्लबार, कार्तिक २४, २०८३

मंसिर १६ गते गोरखा नगरपालिकामा सार्वजनिक विदा

गोरखा नगरपालिकाले उपनिवार्चनको दिन मंसिर १६ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गोरखा नगरपालिका वडा नं.५ मा वडा अध्यक्षको पदमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नगरपालिकाले विदा दिने निर्णय गरेको हो ।

सो दिन वडा आसपासको वडाहरुमा समेत निर्वाचन कार्यक्रमबाट आवत जावतमा कठिनाई हुने र अन्यत्र कार्यरत रहेका वडा नं. ५ मा मतदान गर्न योग्य मतदाताहरुलाई समेत विदा वा वैकल्पिक व्यवस्था आवश्यक भएकाले सार्वजनिक विदा दिएको शुक्रबार सार्वनिक सूचना जारी गर्दै नगरपालिकाले जनाएको छ ।

उक्त दिन नगरपालिका भित्रका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था एवम् अन्य संघ संस्थाहरु बन्द रहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्