
देउसी भैलो खेलेको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
युनाइटेड सेभेन युथ क्लव गोरखाले देउसी भैलो खेलेर संकलन भएको रकमबाट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लवले गोरखा नगरपालिका–७ डण्डीडाँडा स्थीत नवज्योती माविमा अध्यनरत्त ५२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यायलयमा अध्ययनरत्त गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई लक्षित गरेर शुक्रबार एक कार्यक्रमकाबीच सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष श्याम आले मगरले बताए । यस्तै, क्लवले विद्यालयलाई ‘स्वर्ण जयन्ती महोत्सव’ मनाउनका लागी आर्थिक सहयोग समेत गरेको उनले जानकारी दिए । सामाजिक कार्यहरुमा अग्रसर युनाइटेड सेभेन युथ क्लवले आगामी दिनहरुमा समेत सामाजिक हितका लागी काम गर्ने अध्यक्ष आलेको भनाई छ ।




