| मङ्लबार, कार्तिक २४, २०८३

राप्रपाले लगायो गोनपा ५ मा उम्मेद्बारको टुंगो

गोरखा नगरपालिका वडा नम्वर ५ को वडाअध्यक्ष पदमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारको टुंगो लगाएको छ । आइतवार बसेको पार्टीको बैठकले कल्पना रानालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

‘दुई जना आंकाक्षी भएकाले हिजो जिल्लामा बसेर टुंग्याउन खोजेको सकिएन,’ पार्टी जिल्ला अध्यक्ष भगवानदास मल्लले भने, ‘आज वडामै बैठक बसेर टुंगो लगायौँ ।’ राना हाल पार्टी जिल्ला कार्यसमिति सदस्य रहेको उनले जानकारी दिए । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्