
रिपुमर्दन गणद्धारा आश्रमलाई खाद्यान्न सहयोग
मानव सेवा आश्रमका बालबालिकालाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको छ ।
हरितालिका तीजको अवसर पारेर नेपाली सेनाको रिपुमर्दन गणमा कार्यरत महिला सकल दर्जाको तर्फबाट आश्रमलाई खाद्यान्न सहयोग गरिएको हो ।
शुक्रवार आश्रममा पुगेर चामल, दाल, चिनि लगायतका खाद्यान्न सहयोग गरिएको रिपुमर्दन गणले जनाएको छ ।




